प्रदेश १ मा भारतमा अलपत्र परेका २० हजार नेपाली नागरिक आउन सक्ने

पढ्न समय: 1 मिनेट

३ जेठ । बिर्तामोड । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ मा भारतमा अलपत्र परेका २० हजार नेपाली नागरिक आउन सक्ने बताएका छन् । उनले सुरक्षित रुपमा ल्याएर उनीहरुको स्वास्थ्य परीक्षण गरिने जानकारी दिए ।

आज भद्रपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, अब केहि दिनमै नेपाल–भारत सीमाबाट सुरक्षित आवतजावतको व्यवस्था गरिनेछ । भारतमा अलपत्र नेपाली र नेपालमा अलपत्र भारतीय नागरिकलाई स्वदेश फर्किने वातावरण बनाइने मन्त्री कार्कीको भनाई थियो । उनका अनुसार यहाँ आउने नेपालीलाई होल्ड गराइनेछ ।

- Advertisement -
Ad image

उनले सञ्चारकर्मीसँग भने, प्रदेश १ को नेपाल–भारत सीमामा स्थायी सुरक्षा पोष्ट राख्ने बारेमा प्रदेश सरकार गम्भीर भएको छ । सीमा सुरक्षालाई दिर्घकालिन रुपमा व्यवस्थापन गरिने उनको भनाई थियो । काँडे तार वा पर्खाल लगाउने कुरा अहिले बोलेर मात्रै नहुने भन्दै मन्त्री कार्कीले त्यस सन्दर्भमा नेपाल भारतबिचको सम्झौता बमोजिम हुने जानकारी दिए । यस्तै, मन्त्री कार्कीले प्रदेश १ का कार्यरत पत्रकारको पनि पिसिआर परीक्षरणको तयारी गरेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *