
३ जेठ। गौरीगञ्ज । गौरीगञ्ज १ रँगियाथान बाट गएराति एकजना लागुऔषध सहित पक्राउ परेका छन् ।
झापाको शिवसताक्षी ४ बुलुचौक बस्ने ३५ बर्षीय रामबहादुर बिक शुक्रवार राती करिब ९ बजे पक्राउ परेका छन् । राती ९ बजे तिर विकलाई गौरीगञ्ज १ रंगियाथानमा शंकास्पद गतिविधिमा हिडिरहेका अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम ब्राउनसुगर जस्तो बस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनको बा ४४ प ७७६३ नँबरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
लागुऔषधसहित पक्राउ परेका को इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

