आज थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत सो कुरा पुष्टी गरेका छन् ।
झापाका १ पुरुष सहित, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
झापाका सँक्रमित पुरुष बाह्रदशी गाउँपालिका ३ को रहेको बुझिएको छ । करीव ४५ वर्षीय ती ब्यक्ति तिन दिनअघि भारतको दिल्लीबाट पन्थापाडा डिघलबैक नाका हुँदै आएका कुरा गाउँपालिका अध्यक्ष खड्ग प्रसाद राजवँशीले गौरीगञ्ज दर्पणलाइ बताएका छन् ।उनलाई सीमा बाटै उद्दार गरी राजगढको अस्पतालमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । शुरुमा उनको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो तर उनको पीसीआर टेष्ट गर्न पठाउँदा रिपोर्ट पोजेटिभ आएको बाह्रदशी गाउँपालिका अध्यक्ष राजवंशीले बताए । क्वारेन्टाइनमा बसेका ११ जनाको स्वाब टेष्टका लागि हिजो पठाइएकोमा एकजनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितलाई कोरोना अस्पताल विराटनगर पठाइ सकिएको बुझिएको छ । यसअघि पनि बाह्रदशी ४ का एक पुरुषमा संक्रमण भेटिएको थियो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
नेपाल भरी सँक्रमितको सँख्या ६०३ पुगेको छ ।
झापा बाह्रदशीका १ सहित १९ जना नयाँ सँक्रमित थपिए : सँक्रमित सँख्या ६०३ पुग्यो
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

