
फागुन २७ झापा। झापाकै सबैभन्दा ठुलो पुरस्कार राशि को डान्स प्रतियोगिता गौरीगञ्ज स्ट्रिट डान्स च्याम्पियनसिप को पहिलो सिजनको को उपाधि सोल्स अन भिक्ट्री काठमाण्डौले जितेको छ । उपाधि सँग सो डान्स क्रु ले नगद रु ५० हजार , प्रमाणपत्र र ट्रफी जितेको छ ।

नटराज डान्स एकेडेमी गौरीगञ्जले आयोजना गरेको सो च्याम्पियनसिप मा फर्स्ट रनरअप को उपाधि स्लम ग्याङ्ग डान्स क्रु बिर्तामोडले र सेकेण्ड रनरअपको उपाधी बिआरएस ब्रदर्श डान्स क्रु बिराटनगर ले हात पारेको छ । उपाधि सँगै स्लम ग्याङ्ग डान्स क्रु बिर्तामोडले नगद रु २० हजार सहित प्रमाणपत्र र ट्रफी हात पारेको छ भने बिआरएस ब्रदर्श डान्स क्रु बिराटनगर ले नगद रु १० हजार सहित प्रमाणपत्र र ट्रफी हात पारेको छ ।
कार्यक्रममा ईलाम देखि चितवन सम्मका १५ वटा डान्स क्रु हरुले सहभागिता जनाएका थिए भने च्याम्पियनसिप को मुख्य निर्णायक भुमिका मा निश्चल राणा मगर र अन्य निर्णायक मा डा. राकेश घिसिङ र सुर्य योञ्जन रहेका थिए । कार्यक्रम मा नेपाल नृत्य निर्देशक सँघ का महासचिब नगेन्द्र लोरुङ गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।
यो डान्स च्याम्पियनसिप प्रतियोगिता प्रत्येक बर्ष को शिवरात्री का दिन सञ्चालन गरिने घोषणासमेत गरिएको छ । कार्यक्रम समापन गर्दै आयोजक समिति का अध्यक्ष त्रिलोकी राजवँशीले अब हरेक शिवरात्री का दिन प्रतियोगिता का आगामी सिजनहरु क्रमश आयोजना गरिने कुरा बताएका छन् । यो पहिलो सिजन सफलता पुर्वक सम्पन्न भएको मा खुशी ब्यक्त गर्दै नटराज डान्स एकेडेमी गौरीगञ्जका सञ्चालक तथा प्रतियोगिता का आयोजक मुस्कान बान्तवा राई ले आगामी दिनहरु अझ व्यवस्थित रुपमा आयोजना गरिने कुरा बताए । कार्यक्रम लाई गौरीगञ्ज दर्पण डटकम को अफिसियल फेसबुक पेज बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।