गौरीगञ्जमा साहित्य लेखनको माहौल बनाउदै श्री साहित्य चौतारी

पढ्न समय: 1 मिनेट

गौरीगञ्जमा साहित्य लेखनको माहौल बनाउदै श्री साहित्य चौतारी

जेठ २४ गौरीगञ्ज । लगभग २ दशक देखि शुन्यप्राय रहेको गौरीगञ्जको साहित्यिक माहौल बिस्तारै तात्न थालेको छ । बिगत केहि महिना यता साहित्यमा बिशेष रुची राख्ने श्याम न्यौपाने अभिषेक राजवँशी लगायतका युवाहरुको सक्रियतामा श्री साहित्य चौतारीको नामक एक अघोषित ब्यानर मुनी गौरीगञ्जका साहित्य अनुरागीहरुले रचना बाचन गर्दै आएका छन् ।

- Advertisement -
Ad image

श्री साहित्य चौतारीको ब्यानर मुनी पहिलो पटक गौरीगञ्जका साहित्य अनुरागी युवाहरुले गत चैत ३० गते साहित्य बाचन गरेका थिए भने उनिहरुले त्यस यता हरेक महिना एक पटक गौरीगञ्ज माबिको चौरमा भेला भएर साहित्य बाचन गर्दै आएका छन् ।

चौतारीले आज शनिबार तेश्रो पटक साहित्यिक जमघट गरेको छ । आजको साहित्यिक जमघटमा बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु समेत सहभागि भएका छन् । आज गौरीगञ्ज माबिको चौरमा भेला भएर उनिहरुले किसान शिर्षकमा आ आफ्ना साहित्यिक रचनाहरु सुनाएको कुरा साहित्यकार श्याम न्यौपानेले जनाएका छन् । आजको जमघटमा गौरीगञ्ज माबि क्रिमसन स्कुल ज्ञानोदय माबि ज्ञानकुञ्ज एकेडेमी लगायतका बिद्यालयबाट आएका बिद्यार्थीहरुले समेत आ आफ्नो सिर्जनाहरु प्रस्तुत गरेका थिए भने साहित्यकार रमेश ओझेल र गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरको पनि सहभागता रहेको थियो । साहित्य सिर्जना बाचन गरेका बिद्यार्थीहरुलाइ प्रमाणपत्र समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्