
चैत १६ गौरीगञ्ज । गौरादह नगरपालिका वडा नँ ७ को तामाङ चोकमा एक महिलाको हत्या भएको छ । तामाङ चोकका स्थानीय अन्दाजी बर्ष ४५ का मैघराज दर्जीले स्थानिय बर्ष ३५ की सुमित्रा मुर्मुको कुटपिट गरि हत्या गरेको कुरा प्रहरीले जनाएको छ । हत्यामा सँलग्न भएको आरोपमा आज इलाका प्रहरी कार्यालय गौरीगञ्ज बाट खटिएको प्रहरी निरीक्षक अरबिन्द साहको नेतृत्वको टोलीले आरोपी मेघराज दर्जीलाइ नियन्त्रणमा लिएको छ ।

गत चैत १४ गते बेलुकी ९ बजेको समयमा मृतक सुमित्रा मुर्मुको घरमा मेघराज दर्जीले चामल चोरिरहेको अबस्थामा मृतक मुर्मुले फेला पारेपछी उल्टै चोरीमा सँलग्न दर्जीले मुर्मुलाइ सँबेदनशील अँगहरुमा मुक्का र लात प्रहार गरि घाइते बनाएर भागेको कुरा प्रारम्भिक अनुसन्धान बाट खुलेको कुरा इलाका प्रहरी गौरीगञ्जले जनाएको छ । मुर्मुलाइ घाइते अबस्थामा देखेपछी छिमेकी मञ्जु मणिकले उनलाइ आम्दा अस्पताल दमक पुर्याएका थिए । उनको आज दमक स्थित आम्दा अस्पतालमा निधन भएपछी मृतकका आफन्तहरुले आज अस्थायी प्रहरी चौकी जुरोपानीमा दर्जी बिरुद्ध उजुरी दिएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।