गौरीगञ्ज । कोच राजवँशी भाषाको गीति एलबम् बेदना को पाचौ श्रृँखला अर्थात बेदना – ५ को पहिलो म्युजिक भिडियो माघ ३ गते रिलिज हुने भएको छ ।
यसबारे फेसबुक मार्फत म्युजिक भिडियोको फर्स्ट लुक सार्बजनिक गर्दै गीतकार तथा निर्माता गोपाल राजवँशी माघ ३ गते सो म्युजिक भिडियो रिलिज हुने जनाएकाछन् । सो म्युजिक भिडियो गायक बलबहादुर राजवँशीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिने बताइएको छ।
अहिलेका चर्चित गायक द्वय बल बहादुर राजबँशी र मेलिना राइको स्वरम रहेको सो म्युजिक भिडियो ‘फेसबुकेर जालत’ मा भिमफेदी गाइजका कलाकार हरु सँगै बिनिता ताजपुरिया र रँजिताको अभिनयलाइ अनस्क्रिन देख्न सकिने छ । निर्मल कुमार लामाको निर्देशन र पवन शुसलिङको क्यामेराग्राफीमा तयार भएको उक्त म्युजिक भिडियो मा चितवन र झापा आसपासका दृष्यहरु देख्न सकिनेछ ।
कोच भाषा का चर्चित गीतकार गोपाल राजबँशीको एलबम बेदना भाग ५ को लागि तयार भइ रहेको यो म्युजिक भिडियो कोच भाषा कै अहिले सम्मको सबै भन्दा महँगो म्युजिक भिडियो रहेको कुरा निर्माण पक्षले गौरीगञ्ज दर्पण डटकम लाइ जानकारी दिएको छ ।
फेसबुकेर जालत बोलको उक्त गीतमा शब्द गोपाल राजवँशीको रहेको छ भने गीतलाइ गायक बल बहादुर राजवँशीले नै सँगित बद्ध गरेकाछन् । बेदना भाग ५ मा समावेश हुने ४ वटा गीत मध्ये ३ वटा रेकर्ड भइ सकेको छ । एकोस्टिक स्टुडियोमा रेकर्ड गरिएका एल्बमका गीतहरुलाइ एरेञ्जर सुरज श्रेष्ठले म्युजिक एरेञ्ज गरेकाछन् ।