भदौ १६ गौरीगञ्ज । गौरीगञ्ज को कुञ्जीबारी मबेसी बजारमा आज रु ३ लाखमा एक जोर राँगा बिनबेच भएको छ । वडा नँ १ का अर्जुन मण्डलले वडा नँ २ का सुवास कार्की सँग रु ३ लाखमा एक हल राँगो खरिद गरेको कुरा स्थानिय बुद्धिराज तामाङले बताएका छन् । कृषिमा भइरहेको यान्त्रिकरणका कारण चौपाया को खरिद बिक्री घटिरहेको बेलाा यो घटनाले तरँग पैदा गरेको छ ।
रु ३ लाखमा राँगा खरिद गरे वापत मण्डलले रु ७ हजार रुपैया चौपाया खरिद बिक्री कर तिरेका छन् । यो खरिद बिक्री लाइ यस मबेसी बजारको केहि बर्ष यता कै सबैभन्दा उच्च मुल्यमा राँगो खरिद बिक्रीको घटना भएको स्थानियहरुले बताएका छन् ।
कोरोना सँक्रमणकाल देखि सुक्दै गएको कुञ्जिबारी बजार केहि समय यता बल्ल तग्रिदै गएको छ । वडा नँ १ मा हरेक शनिबार लाग्ने यो मबेसी बजार गौरीगञ्ज कै एक मात्र मबेसी बजार हो । तत्कालिन महाभारा गाबिस अन्तर्गत रहेको यो बजार नै तत्कालिन महाभारा गाबिसको सबै भन्दा बलियो आर्थिक श्रोत रहेको थियो ।