कमल- ६ स्थित डि. एम. फुड्स एण्ड स्पाइस प्रोडक्टमा कमल गाउँपालिका द्वारा आकस्मिक छड्के अनुगमन गरिएको छ । आइतबार कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक प्रमिला न्यौपानेको संयोजकत्व भएको छड्के अनुगमन टोलिले उद्योग भित्र मुल्य सुची नराखिएको पाइएपछी टोलिले मूल्यसूचि अनिवार्य राख्नुपर्ने, ३ दिनभित्र साइनबोर्ड राख्नुपर्ने, लेबलमा खुलाउनुपर्ने विवरण स्पष्ट देखिने र बुझिने गरि खुलाउनुपर्ने र उद्योगको ठेगाना स्पष्ट र सहि उल्लेख गर्नुपर्ने उद्योग लाई बजार अनुगमन टोलीबाट निर्देशन दिइएको कुरा गाउँपालिका ले जनाएको छ ।
अनुगमनमा कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक प्रमिला न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, ईलाका प्रशासन कार्यालयबाट सुरेन्द्र राज दाहाल, उद्योग वाणिज्य संघ कमलका अध्यक्ष विरेन्द्र अधिकारी, ६ नं. वडा अध्यक्ष नरेन्द्र भट्टराई, प्र.स.नि. डम्बर बहादुर गौतम लगायतकाहरु अनुगमन टोलिमा सहभागी रहेका थिए ।