पुस २९, गौरीगञ्ज । गत शनिबार र आईतबार गौरीगञ्ज गाउँपालिका ले लिएको गणक, सुपरीवेक्षक र कासको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक नभएपछि आज बिहिबार नेकपा एमालेले गौरीगञ्ज गाउँपालिका को कार्यालय मा धर्ना र तालाबन्दी गरेका छन् । नेकपा एमाले गौतीगञ्ज गाउँ कमिटी को नेतृत्व मा आएका पार्टी का सयौँ कार्यकर्ता हरुले बिहान १० बजेदेखि १२ बजे सम्म गाउँपालिका को मुल गेटमा धर्ना बसेर कर्मचारी हरुलाई भित्र छिर्न दिएनन् । त्यसै गरी १२ बजे देखि दिउँसो २ बजेसम्म गाउँपालिका को मुल गेटमा तालाबन्दी गरेका थिए ।
एमाले गाउँ कमिटी अध्यक्ष गोविन्द कुँवर, सचिव श्रवण गिरी, वडा नँ ३ का वडा कमिटी अध्यक्ष रुपक श्रेष्ठ लगायत पार्टी का तर्फ बाट यादव रिजाल, केदार ढुँगेल मोनिका श्रेष्ठ सहित सयौ कार्यकर्ता धर्ना मा सहभागी भएका थिए ।
नेकपा एमाले को बिरोध कार्यक्रम भइरहँदा कर्मचारी हरु बाहिरै अलमल गरिरहेका थिए भने जनप्रतिनिधि हरु बिहिबार गाउँपालिका कार्यालय परिसरमा देखा नै परेनन् ।
लिखित तथा प्रयोगात्मक परीक्षाको सम्पुर्ण उत्तर पुस्तिका तथा कागजात हरु सिलबन्दी गरेर इलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय को रोहवरमा इलाका प्रहरी कार्यालय मा राख्ने र यथा सिघ्र निष्पक्ष रुपमा नतिजा सार्वजनिक गर्ने मौखिक सहमति पछी गाउँपालिका कार्यालयको ताला खोलिएको कुरा एमाले गाउँ कमिटी सचिव श्रवण गिरीले बगाएका छन् । गाउँपालिका कार्यालय मै उत्तर पुस्तिका हरु रहे जनप्रतिनिधि हरुले फेरबदल गर्न सक्ने देखिए पछि उत्तर हरु सुरक्षा कर्मी को जिम्मा लगाउने सहमति भएको कुरा सचिव गिरीले बताए । गिरीले भने- हामी ले आईतबार सम्म निष्पक्ष रुपमा नतिजा सार्वजनिक गर्ने अल्टिमेटम दिएका छौँ ।
पार्टी को दबाब पछी उत्तर पुस्तिका प्रहरीको जिम्मा लगाउने सहमति भएको कुरा नँ ३ को वडा कमिटी अध्यक्ष रुपक श्रेष्ठ ले बताए।
आजै लिखित तथा प्रयोगात्मक परीक्षाको सम्पुर्ण उत्तर पुस्तिका हरु सिलबन्दी गरेर ईलाका प्रहरी कार्यालय पठाइएको कुरा प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ ले बताए सुरक्षा को दृष्टिकोणले सम्वेदनशील देखिएपछि उत्तर पुस्तिका हरु सुरक्षा कर्मी को जिम्मा लगाइएको कुरा श्रेष्ठ ले बताए ।