
गौरीगञ्ज । मँगलबार गौरीगञ्ज ६ खजुरगाछी स्थित शिबालय मन्दिरको हलको रौनक अरु दिन भन्दा बेग्लै थियो । रँगसचँगी पहिरणमा सजिएका महिला दिदी बहिनीहरु उत्साहका साथ त्यहा भेला भएका थिए ।
बिहान ११ बजे मन्दिरको सभाहल प्राय खाली नै भएता कार्यक्रम भने निर्धारित समय अर्थात ११ बजे नै शुरु भएको थियो । मध्यान्ह १२ बजे सम्म हल महिला दिदी बहिनीहरुले खचाखच भरिएको थियो र यो दृष्य थियो नेपाल बहुउद्देश्यीय सहकारी को गौरीगञ्ज शाखाले आयोजना गरेको समाबेशी तीज कार्यक्रमको ।

कार्यक्रमको नाम जस्तै कार्यक्रमले पनि समाबेशीताको झल्को दिइ रहेको थियो । बिभिन्न जात जातिका नृत्य सहित आयोजना गरिएको कार्यक्रमको उद्घाटन पनि बेग्लै तरिका अर्थात नाचेरै गरिएको थियो ।
कार्यक्रमको शुरुमा सहकारीका कर्मचारीहरुले तीजको गीतमा खुबै कम्मर मर्काए ।
महिला कर्मचारी पछी पुरुष कर्मचारी पनि के कम थिए र । उनिहरुले पनि नाचेरै रमाइलो गरे ।
त्यसै गरि उपस्थित प्राय सबैले पालै पालो आफ्नो नाच्ने रहर पुरा गर्न भ्याए ।
कामर्यक्रमको मुख्य आकर्षण रह्यो गौरीगञ्जकी नानी ओजस्वी सेढाइको नृत्य ।
उनको नृत्य पछी प्रमुख अतिथीका आसनबाट गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले सेढाइको खुलेरै प्रसँसा गर्न भ्याए ।

कार्यक्रममा राइहरुको चण्डी नाच पनि प्रस्तुत गरिएको थियो । त्यसै गरि अन्य केहिले पनि राम्ररीनै स्टेजको उपयोग गर्न भ्याए ।
कार्यक्रममा नाचगान मात्र हैन सामुहिक दर खाने समेत ब्यबस्था गरिएको थियो ।

एनएमसी को महिला सशक्तीकरण समितीकी सँयोजक हेमा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको सँयोजन समेत महिला शसक्तीकरण समितीले नै गरेको थियो ।
।

