मँसिर २५, गौरीगञ्ज । सामान्यतया कुनैपनि निर्माण कार्यको एक पटक मात्र शिलान्याँस गर्ने परम्परा छ तर झापाको गौरीगञ्जमा भने २२ महिना अघि शिलान्याँस भइसकेको एउटै मन्दिरको आज दोश्रो पटक शिलान्याँस गरिएको छ । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ बुधबारे बजार स्थित दुर्गा मन्दिर को दुइपटक शिलान्याँस गरिएको हो ।
२०७५ साल फागुन २९ गते बुधबार बिहान १० बजेर ४८ मिनेटको साइतमा २२ महिना अघि शिलान्यास भइसकेको मन्दिरको आज पुन: गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले शिलान्याँस गरेका छन् । मन्दिर निर्माण समितीले आज एक औपचारीक कार्यक्रमको आयोजना गरि अध्यक्ष श्रेष्ठ को हातबाट शिलान्यास गराएका हुन् ।

२०७५ फागुन २९ गते शिलान्याँस हुँदाको २२ महिना अघिको समाचार


आज शिलान्याँस भएकै दिन ठेकेदारले स्टिमेट अनुसार काम नगरेको स्थानियहरुले आरोप लगाएका छन् । स्टिमेटमा बेस लेवलबाट पिलर ५ फिट गहिरो हुनुु पर्नेमा त्यसो नभएको र शिलानमयाँस भएको पिलरमा आठ वटा रड एकै ठाउँमा गुजुमुजु पारेर चुरी रडले बाधिएको स्थानियहरुको गुनासो छ । पिलर मा सिमेन्टको मात्रा समेत अत्यन्तै न्युन रहेको उनिहरुको गुनासो छ ।
सो मन्दिर निर्माणका लागि ड्रप क्रिएसन प्रा लिले रु २५ लाखमा ठेक्का पारेका हुन् ।
आज को साइतमा शिलान्याँस गर्न हतारो भएकोले हतारमा अलि अलि काम बिग्रिएको कुरा समितीका अध्यक्ष शोभाकान्त दासले बताएका छन् । काम् बिग्रि सकेकोले अब बिबाद गर्नु भन्दा कामलाइ कसरी हुन्छ सुधारेर लानु पर्ने कुरा समितीकै सानुराजा श्रेष्ठले बताएका छन् ।
ठेकेदार कम्पनिका सञ्चालक सुरेश चौधरीले शिलान्याँसको दिन शिलान्याँस गर्न हतार भएको र आजैको दिन ईञ्जिनियर समेत नआएकाले स्टिमेट अनुसार काम नभएको स्विकारेका छन् ।
एक पटक शिलान्याँस भइ सकेको‌ मन्दिरको पुन: शिलान्याँस गर्नै नपर्ने अबस्थामा समितिले हतारोमा शिलान्याँस गरेर स्टिमेट अनुसार काम नगरेको र काम बिगारेको स्थानियहरुको भनाइ छ । एक पटक बन्न लागेको मन्दिर कमसल र कमजोर बन्न नहुनेमा उनिहरुले समितिलाइ सचेत गराएका छन् ।
बिसँ १९९० ताका निर्माण भएको सो एतिहासिक मन्दिरको जिर्णोद्वार गर्न २०७३ साल ताका धान्याँञ्चल महायज्ञ गरि करिब १ करोड हाराहारी मा नगद तथा जिन्सी सँकलन गरिएको थियो ।

२२ महिना अघि नै शिलान्यास गरिएको भएपनि सहरी विकास आयोजनाको बजार विस्तार ले मन्दिर निर्माण अघि बढ्न सकेको थिएन ।