इलाका प्रशासन कार्यालय गौरीगञ्जको किर्ते नागरिकता प्रकरण मा थप रहस्य बाहिर आएको छ । । कार्यालय प्रमुख धनञ्जय साह, कार्यालय सहयोगी आसिर आलम र गौरादहमा कृष्ण तिमिल्सिनाको सँलग्नतामा गौरादह ७ को ठेगाना देखाइ ३ जनाको किर्ते नागरिकता निकालिएको पाइएको हो । साविकको जुरोपानी ८ अहिलेको गौरादह ७ ठेगाना राखि नागरिकता नम्बर ०४ -०६- ७७००५९१ बाट अमृत राईको नाममा, नागरिकता नम्बर ०४- ०६- ७७- ००५९२ राखि दिपिका राई को नाममा र नागरिकता नम्बर ०४- ०६- ७७ ००५९३ राखि बिशाल राई को नाममा किर्ते नागिरकता जारि गरेको कुरा खुलेको छ । । उनीहरुले इलाका प्रशासनको सप्टवेयरमा विवरण हालेर नागरिकता बनाउने गरेका थिए । ती नागरिकता प्राप्त गर्ने ब्यक्ति नै सो ठेगानामा नभएको र त्यस बिषयमा अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।
अनुसुचि फारममा गौरादह वडा नँ ७ को कार्यालयको छाप दुरुपयोग गरेको र वडाध्यक्ष बलराम खरेलको किर्ते हस्ताक्षर राखि नागरिकता बितरण गरेको पाइएको छ ।
जारि भएका तिनै बटा नागरिकतामा उल्लेखित नामका ब्यक्तीहरु गौरादह वडा नँ ७ का निवासी नभएको बुझिएको छ ।
किर्ते नागरिकता बनाउन सिफारिस गरेको भन्दै हिजो राति ७ बजे जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले इलाका प्रसासन कार्यालय प्रमुख धनञ्जय शाह, कार्यालय सहयोगी आसिर आलम र गौरादह ७ का बिचौलिया कृष्ण तिम्सिनालाइ पक्राउ गरेको छ ।
उनिहरु लाइ अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कुरा प्रहरीले जनाएको छ ।