सुष्मा तिमल्सिना
आमा
जब केही पर्छ, मन मा पिडा बढ्छ,
म , रुदैं शिर आमा को काँख मा
राखेको सम्झन्छु !
आँसुले काँख भरिदा आफू
थाकेको सम्झन्छु !
आमा , आज म पीडित छु
दुखी छु यो समाज को नियतिले
मलाई त्यो काँख देउ न
म मन का बह सबै पोखी
रुन चाहान्छु !
आँसु ले भरिएको मेरो यो मन
धुन चाहान्छु !
मन भरी पिडा लिएर म कति हिनु
चोटै चोट खादैं म कति जिउ
मलाई आशिर्वाद देउ,
म हाँसी- हाँसी जिउन चाहान्छु !
मन का घाउहरु सबै सिउन चाहान्छु !
- बाह्रबिसे, सिन्धुपाल्चोक
- तितेपाती डटकमबाट साभार
प्रतिक्रिया लेख्नुहोस्