गौरीगञ्ज २ बैशाख । गौरीगञ्ज ६ खजुरगाछी स्थित क्वारेन्टाइन मा मँगलबार देखि कोरोना भाइरसको आरडिटी परिक्षण शुरु गरिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर र स्वास्थ्य कार्यालय भद्रपुर बाट आएको बिज्ञ सहितको टोलिले मँगलबार क्वारेन्टाइन मा रहेका शँकास्पद ब्यक्तीहरुको मध्ये १४ दिन कटेका ४ जनाको आरडिटि परीक्षण गरेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । परीक्षण गरिएका चारै जनाको रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन मा रहेका १ हप्ता न पुगेका ११ जनाको स्वाब सँकलन गरि पिसिआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । गौरीगञ्जमा हाल भारत बाट नेपाल फर्केका शँकास्पद २३ जना लाइ क्वारेन्टाइन मा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *