आजदेखि मोरँगको गोठगाउँ मा कोरोना अस्पताल सञ्चालनमा

पढ्न समय: 1 मिनेट

२३ जेठ गौरीगञ्ज । आज शुक्रवार देखि मोरँगको गोठगाउमा पनि कोरोना उपचार अस्पताल सञ्चालनमा आएको छ । प्रदेश १ सरकारले मोरङको गोठगाँउमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताललाई कोरोना अस्पताल को रुपमा सञ्चालनमा ल्याएको हो ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच सहमति गरी अस्पताल सञ्चालनमा ल्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना उपचार अस्पताल २ सय बेड क्षमताको रहेको छ ।
दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विश्वविद्यालयको शिक्षण अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *