६ वटा नयाँ भाषा फेला परे : अब नेपालमा बोलिने भाषा १ सय २९ पुग्यो

पढ्न समय: 1 मिनेट

नेपालमा छ वटा नयाँ भाषाको पहिचान भएको छ । अहिलेसम्म एक सय २३ भाषा बोलिने गरेकोमा नयाँ राना थारू (कञ्चनपुर), नार फु (मनाङ), चुम (स्यार) र नुब्री(लार्के) (गोरखा), पोइके (डोल्पा) र सेराके (सेके) मुस्ताङ जिल्लामा बोलिने भाषा थप भएका हुन् । यससँगै नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको हो ।

भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ । आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

- Advertisement -
Ad image

विक्रम संवत २०६८ को जनगणनाअनुसार नेपालमा बोलिने १२३ वटा भाषामध्ये चीन–तिब्बती परिवारका ६८, भारोपेली परिवारका ४८, आग्नेली परिवारको एउटा (सन्थाली भाषा), द्रविड परिवारको एउटा (उराँव र कुडुख भाषा) र भाषिक परिवार नखुलेको कुसुन्डा भाषा अस्तित्वमा रहेका थिए ।

प्रसासन डटकम बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *