बरामद सामान प्रहरीले क्षणभरमै छोड्यो, तस्करसंग मिलेमतोको आरोप

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज/झापाको गौरीगञ्ज १ स्थित प्रहरी चौकी कुञ्जीबारीसंगको मिलेमतोमा तस्करहरुले नेपालमा प्रतिबन्धित तथा स्वास्थ्यका दृष्किोणबाट कतिपय जोखिमपूर्ण बस्तुहरुको आयात निर्यात गर्ने गरेको खुलासा भएको छ ।

प्रहरी चौकी कुञ्जीबारी तथा कोरोबारी प्रहरी चौकी आसपासको क्षेत्रमा त्यस किसिमको अबैध चोरी निकासी हुने गरेको हो ।
हिजो आइतबार दिउँसो प्रहरी चौकी कुुञ्जीबारीले सो क्षेत्रबाट बरामद गरेको भन्सार छलीका कपडा तथा प्रतिबन्धित अन्य सामग्रीहरु प्रहरीले बरामद गरेर चौकी तर्फ नलगी सोझै तस्करहरुसंगको मिलेमतोमा भण्डारण गरेर माथिल्लो तहमा झुटो रिपोर्टिङ गरेको बताइएको छ ।
प्रहरी चौकी कुञ्जीबारीले बरामद गरेर पुन ति सामान धनीलाइनै सामान फिर्ता गरी माथिल्लो तह इलाका प्रहरी कार्यालय झिलेझिलेमा भने सामान बोकेर ल्याउने समुह प्रहरी देखेपछि भारततर्फनै फर्किएको भन्ने झुटो रिपोर्टिङ गरेको बुझिएको छ ।

- Advertisement -
Ad image

इलाका प्रहरी कार्यालय झिलझिलेका ईञ्चार्ज कोमल ठाकुरले भन्नु भयो – त्यो बिषयमा मलाई त्यहाँँको चौकी इञ्चार्जले सामान ल्याउने मान्छे भारततिरनै फर्किएको र सामान नेपाल तर्फ नल्याएको रिपोर्टिङ गरेको छ । थप के भएको रहेछ म बुझ्छु । सामाचार स्रोतहरुका अनुसार सो क्षेत्रमा दैनिक व्यवसायिक रुपमा सामान ओसारपसार गर्ने गिरोहका दुई जना व्यक्तिले मोटरसाइकलमा भन्सार छलीका तथा प्रतिबन्धित सामानहरु ल्याएका थिए । त्यस अघि सो गिरोहले भारतीय बजारबाट भित्र्याएको सूर्ति , बिँडी लगायतका स्वास्थ्यका लागि जोखिमपूर्ण र प्रतिबन्धित सामान ल्याएर प्रहरी चौकी कुञ्जीबारीकै संरक्षणमा भण्डारण गरेको पनि बताइएको छ ।

आफुले उपल्लो तह सम्म सबै कुरा मिलाएको भन्ने गरेको सो गिरोहसंग जिल्ला प्रहरी कार्यालयको विशेष प्रहरी बताउने एक जना नायव निरिक्षकसंग घुलमिल हुने गरेको पनि निष्कर्ष न्यूजको खोजबाट थाह भएको छ । निष्कर्ष न्यूजले गरेको खोज अनुसार सो गिरोहले कार्तिक १२ गते भाईटिकाको दिन बिहान करीब ११ बजे दिनदहाडै मोटरसाइकलमा अबैध रुपमा भन्सार छलीका कपडा लगायतका सामान भित्र्याएको थियो । दैनिक त्यस किसिमको अबैध ओसारपसारमा संलग्न गिरोह, स्थानीय प्रहरी र जिल्ला प्रहरीको विशेष बताउने प्रहरीबिच त्यस्तो सामान ओसारपसारमा साँठगाँठ हुने गरेको स्थानीयहरुबाट थाहा भएको छ ।

यो खबर निश्कर्ष न्युज डटकमबाट साभार गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *