हुलाकी सडक नाप जाँच बिबाद समाधानका लागि बस्यो सर्वपक्षिय बैठक

पढ्न समय: 1 मिनेट


८ पुस झापा । गौरीगञ्ज गाउँपालिका क्षेत्रमा हुलाकी सडक बिस्तारका लागि सडक नाप जाँचमा भएको बिबाद समाधानार्थ बुधबार बिहान गौरीगञ्ज गाउँपालिकामा सर्वपक्षिय बैठक बसेको छ । बिभिन्न राजनैतिक दलका स्थानीय प्रतिनिधि तथा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितीमा भएको छलफलमा ७ दिन भित्र वडाध्यक्षहरुको नेतृत्वमा राजनैतिक दल जग्गाधनी र सरोकारवालाहरुले उक्त सडक सीमा छुट्याउन सहयोग गर्ने निर्णय गरेकोछ । छलफल पछी गौरीगञ्ज गाउँपालिकाले सबै वडा कार्यालयहरुलाइ पत्र काट्दै पुस १७ गते सम्ममा सो निर्णय कार्यन्वयन गराउन भनेको छ ।
वडा नँ ३ का वडाध्यक्ष मखना महतोका अनुसार सो छलफलमा भएको निर्णय सम्मान गर्दै ७ दिन भित्र वडा कार्यालयको रोहबरमा जग्गाधनीहरुले बोलाएको अमिनको नाप जाँच अनुसार नक्सा भिडाइ समस्या समाधान गर्ने कुरा बताएका छन् ।
यस अघि गौरीगञ्ज गाउँपालिका र नापी शाखा दमकले चलन चल्तीको सडकलाइ आधार मानी नक् बिना नै सडकको क्षेत्र छुट्याउन थालेका थिए भने नक्सा नभिडाइ सडक को केन्द्र निर्धारण गरेकोमा स्थानीयबासीहरुले बिरोध गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *