स्वबियुले गर्यो गौरीगञ्ज क्याम्पसका नब आगन्तुक बिद्यार्थीहरुको स्वागत

पढ्न समय: 1 मिनेट

- Advertisement -
Ad image

गौरीगञज, २७ भदौ । स्वतन्त्र बिद्यार्थी युनियन गौरीगञ्ज क्याम्पसले कक्षा ११ मा भर्ना हुन आएका नब आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको छ । शुक्रबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि गौरीगञ्ज क्याम्पसमा यो बर्ष अध्ययन गर्न आएका करिब ७० जना नब आगन्तुक बिद्यार्थीहरु लाई खादा र टिका लगाई दिएर स्वागत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी गौरीगञ्ज गाउँपालिकामा प्रमुख बाबुराजा श्रेष्ठ उप प्रमुख दिपेन्द्र थापा वडाध्यक्षहरु मुखमा महतो कुल प्रसाद गिरी क्याम्पस प्रमुख सर्वतलाल राजवँशी स्वबियु सभापति देब ताजपुरिया लगायत क्याम्पसका प्राध्यापकहरुले नयाँ बिद्यार्थीहरुलाई खादा र अबिरले स्वागत गरेका थिए । स्वागत कार्यक्रमकै बिच स्वबियुले गौरीगञ्ज गाउँपालिकामा प्रमुख र उपप्रमुख लाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।


कार्यक्रममा नयाँ बिद्यार्थीहरुलाई शुभकामना मन्तब्य राख्दै क्याम्पस प्रमुख सर्बतलाल राजबशीले क्याम्पसका समस्याहरुमा गाउँपालिकाले सहयोग गर्नुपर्ने कुरा बताए भने गापा उपप्रमुख दिपेन्द्र थापाले गौरीगञ्ज क्याम्पस गाउँपालिका कै शैक्षिक धरोहर भएकाले गाउँपालिका र शिक्षा समितिको भरपुर सहयोग रहने कुरा बताएका थिए ।
प्रमुख अतिथीको आसनबाट बोल्दै गापा अध्यक्ष श्रेष्ठले क्याम्पस रँगरोगनका लागि शिक्षा समितीको बजेटबाट रु ३ लाख विनियोजन गर्न शिक्षा समितीलाई आग्रह गरेका छन् ।
स्वबियु सभापती देब ताजपुरियाको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा क्याम्पसका बिद्यार्थीहरुले बिभिन्न नृत्य र नाटक समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *