
गौरीगञ्ज, २६ भदौ । भ्रष्टाचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाहिले गौरीगञ्ज गाउँपालिका जनप्रतिनिधिहरुले १ करोड २८ लाख ८० हजार रुपैंया मोज मस्ति नै खर्च गरेको आरोप लगाएका छन् । उनले स्थानिय तहका जनप्रतिनिधि हरुलाई छोटे राजाको सँज्ञा समेत दिएका छन् ।
अभियानकै क्रममा केहि दिन अघि उनि झापाको बिर्तामोडमा एक कार्यक्रममा बोल्दै सो आरोप लगाएका हुन् । बिर्तामोडमा आयोजित भ्रष्टाचार बिरोधि सभामा झापाका १५ वटै पालिकाहरुका बेरुजु रकम र अन्य (मोजमस्ती) रकमहरुको तथ्याङ्क सार्वजनिक गर्दै गौरीगञ्ज गाउँपालिका को नाममा ४२ लाख रुपैंया बेरुजु देखिएको र सो पालिकाका जनप्रतिनिधिहरुले मोज मस्तिमा १ करोड २८ लाख ८० हजार रुपैंया सकेको आरोप लगाएका छन् । यद्यपि गौरीगञ्ज गाउँपालिकामा जनप्रतिनिधिहरुले आफ्नो नाममा देखिएको बेरुजु रकम ४२ लाख रुपैंया फिर्ता गरिसकेको कुरा जनप्रतिनिधिहरु बताउछन् ।
हेर्नुहोस भिडियो

