
मदन राजवँशी २८ भदौ गौरीगञ्ज । सँझौता भएको कम्पनीले काम गर्न आलटाल गर्दा गौरीगञ्जका ४ वटा माध्यमिक बिद्यालयमा शिक्षकहरुको बिद्युतिय हाजीरी प्रणाली सुचारु हुन सकेको छैन ।
गत बैशाख देखि नै गौरीगञ्ज गाउँपालिका भित्रका खजुरगाछी माबि गौरीगञ्ज माबि आदर्श माबि र बालकल्याण माबिका शिक्षकहरुलाइ बिद्युतिय प्रणालीको माध्यमबाट उपस्थिती हाजिर गराउने गरि गौरीगञ्ज गाउँपालिकाले जाउलाखेल काठमाणडौ स्थित सफ्टवेयर सेवा प्रदायक कम्पनी इम्पेटस टेक्नोलोजी नेपाल प्रा ली सँग बैशाख १० गते सँझौता गरेका थिए ।
प्रति बिद्यालय रु १ लाख २५ हजार भ्याट बाहेक शुल्क लिने गरि गाउँपालिका सँग सँझौता गरेका कम्पनीले सँझौता पछी काम शुरु गरेका थिए । तर असारमा आर्थिक बर्ष समाप्त हुन लाग्दा केहि काम बाकी छदै कम्पनीले रकम फरफारक लिइ गए पछी अहिले सम्म आलटाल गर्दै आएको कुरा गौरीगञ्ज गाउँपालिका शिक्षा शाखाका प्रमुख केशब भट्टराइले बताए । “बर्खे बिदा पछी स्कुल लाग्नु अगावै साउन १७ गते सफ्टवेयर सञ्चालन गरि दिन्छौ भनेर मौखिक सँझौता भएको थियो तर त्यस पछी कम्पनीका कर्मचारीहरुले कहिले फोन नउठाउने कहिले अरुलाइ देखाइ देने त कहिले आलटाल गर्दै आएका छन् ।” उनले भने ।
गौरीगञ्ज माबिका प्रअ गोबिन्द घिमिरे भन्छन् — कम्पनीका कर्मचारीले जेठमा आएर स्कुल सँग शिक्षक र बिद्यार्थीको डाटा लग्यो त्यस पछी स्कुलमा एउटा ल्यापटप र एउटा मोडेम दिएर गयो तर हाजिर गर्ने सफ्टवेयर सँचालन गरि दिएन । आर्थिक बर्ष सकिन लाग्दा बजेट नै रोकिने भएपछी साउन १७ गते नै आएर सबै कुरा सिकाइ दिने र सफ्टवेयर सँचालन गरि दिने सर्तमा ४ वटै बिद्यालयबाट काम सम्पन्न भइ सकेको सिफारिस लिएर रकम समेत फरफारक गरि लिएर गएका कम्पनीका कर्मचारीहरु त्यस पछी आलटाल गर्दै आएका छन् ।
कम्पनीका एक कर्मचारी सन्तोष दाहालसँग गौरीगञ्ज दर्पणले फोन सम्पर्क गरि यसबारे सोध्दा उनले आफुहरुबाट काम गर्न केहि कमजोरी भएको स्विकार गर्दै यहि हप्ता भित्र आएर ४ वटै बिद्यालयका हाजिरी सफ्टवेयर सञ्चालन गरि दिने कुरा बताएका छन् ।

