सीमा नाका बन्द भएपछी पानी ट्याङ्कीमा ३ सय नेपाली अलपत्र

पढ्न समय: 1 मिनेट

झापा । पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् ।

मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् । तिनमा भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थी छन् ।

- Advertisement -
Ad image

त्यसैगरी नेपालका विभिन्न शहरबाट मजदूरी गरेर घर फर्कने करीब तीन सय भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *