सिन्धुपाल्चोकमा बस दुर्घटना : ११ को मृत्यु

पढ्न समय: 1 मिनेट
Dukka Hunus

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको ६ किलाे मोडमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। लामो साँघु जिरी सडकखण्डमा पर्ने सुनकोशी गाउँपालिकाको ६ किलो मोडमा आइतबार बिहान भ्रमणबाट फर्किदै गरेको बस दुर्घटना भएको खबर नागरिक न्युज डटकममाछ ।  

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको बा४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटना भएको हो।
जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चखेकका प्रमुख सई राजेश दाहालका अनुसार ६ किलोको मोडबाट पल्टिएको बस सडकमै पुगेको थियो।

- Advertisement -
Ad image

घटनास्थलमा ११ जनाको शव फेला पारिएको उनले पुष्टि गरे। उनकाअनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन्। उद्धारमा जुट्नु परेकोले संख्या भने यकिन भएको छैन। घाइतेलाई उपचारका लागि खाडीचौरस्थित सिन्धुदाबहार अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको सई दाहालले बताए। उनकाअनसार उक्त बस दोलखाको कालिन्चोक भ्रमण गरेर फर्कर्दै थियो।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *