माघ ३, गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ अन्तरगत को साबिक को वडा नंवर ६ मा नेपाली काँग्रेसको टोल समिति गठन गरिएको छ । नेपाली काँग्रेस वडा नं ३ को वडा सभापति यादव श्रेष्ठ को अध्यक्षता बसेको पार्टीको टोल भेलाले जनक कोइरालाको सँयोजकत्वमा १३ सदस्यीय टोल समिति गठन गरेको हो ।
भेलाले सह सँयोजकमा सत्यनारायण राजवँशी सचिवमा दिपक साह, कोषाध्यक्ष मा रेखा माझी, तथा सदस्यहरु मा बृकलाल माझि, भोटे माझी, निरज भण्डारी, श्रवण महतो मनिषा बस्नेत, पर्शुराम पौडेल, किसनलाल साह, बृकलाल साह र शिवनारायण ताजपुरिया लाई चयन गरेको छ
प्रतिक्रिया लेख्नुहोस्

