आगलागिबाट गौरीगञ्जमा एक घर जलेर नष्ट

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज माघ ८ । गौरीगञ्ज १ देवीगाडामा गए राति आगलागि हुदा एक घर जलेर नष्ट भएको छ । मँगलबार राती करिब १ बजेको समयमा आगलागि हुदा स्थानीय चन्द्र प्रसाद राजवँशीको टाँडे घर जलेर नष्ट भएको हो । आगलागि बाट सो घरमा रहेको धान चामल लता कपडा र भाडाकुडा लगायत रु १ लाख २५ हजारको क्षति भएको कुरा वडाध्यक्ष कार्तिकलाल राजवँशीले गौरीगञ्ज दर्पणलाइ बताएका छन् । मध्यराती भएको सो आगलागिको प्रकृती हेर्दा सँकास्पद देखिएको छ । माटोले पोतेको घरको पछाडीको बेरा दुलो पारेर कसैले आगो लगाइदिएको हुन सक्ने आशँका स्थानियहरुले गरेका छन् । घटनाको छानबिन प्रहरी चौकी महाभाराले गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *