सहमतीको दुइ दिनमै भत्कीयो रतुवाको भाटे पुल‚ झापा तिरको मर्मत हुदै ।

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज‚ ४ कार्तिक । हुलाकी सडक अन्तर्गतको रतुवा नदिमा भाटे पुल सँरक्षण नहुदा आवतजावत गर्ने नागरिकहरु फेरी सास्ति खेप्न बाध्य भएका छन् । रतुवा नदिमा पक्की पुल बनेको बर्षौ बिती सकेर पनि सञ्चालनमा नआउदा झापा र मोरँग तिरका दुइ छुट्टाछुट्टै समुहले भाटे पुल बनाइ आवत जावत गर्नेहरु सँग अबैध वसुली गर्दै आएका थिए । पैसा वसुलीकै बिषयमा झापाका गँगा बाबाजी समुह र मोरँगका कैलाश श्रेष्ठ समुह बिच बिबादको बिबाद हात हालाहाल मै परिणत भएपछी कार्तिक १ गते मोरँगका रतुवामाइ नगरपालिका मेयर रबिन राइ र झापाको गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठले दुबै समुहलाइ राखि कुनै पनि पक्षले पुल तर्दा शुल्क लिन नपाउने सहमती गराएका थिए । सहमती अनुसार भाटे पुलको मँसिर १ गते सम्म सँबन्धीत पक्षले नै सँरक्षण र मर्मत सँभार गर्नु पर्ने र सो वापत मँसिर १ गते पछी रतुवामाइ नपा र गौरीगञ्ज गापाले आआफ्ना क्षेत्र तर्फका समुहलाइ रु १५ — १५ हजार रुपैया उपलब्ध गराउने सहमती भएको थियो । सँबन्धीत पक्षले नै पुल सँरक्षण र मर्मत साभार गर्ने सहमती भएपनि सँबन्धित पुल वाला समुहले पुल सँरक्षणमा चासो देखाएका छैनन् ।
पुल सँरक्षण नहुदा आइतबार खोला पारीपारी गर्ने सयौ नागरिकले सास्ति खेप्नु परेको थियो ।
पुल सँरक्षण नभएको ब्यापक जनगुनासो आएपछी सोमबार मध्यान्ह गौरीगञ्ज दर्पण रतुवा नदि पुग्दा झापा तर्फको गँगा बाबाजी समुह को पुल मर्मत भइरहेको थियो भने आवत सँ पुलबाट आवतजावत सहज पनि भएको थियो । मोरँग तर्फको कैलाश समुहको पुल भने भत्कीएर अलपत्र परेको थियो । पुलको सँरक्षण बारे गौरीगञ्ज र रतुवामाइ दुबै पालिकाका प्रमुखहरु सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *