सशस्त्र प्रहरीद्वारा होकलबाडी बाट सुत्केरी महिलाको उद्धार

पढ्न समय: 1 मिनेट

कार्तिक ४, गौरीगञज । सशस्त्र प्रहरी बल को बिपद व्यवस्थापन उद्धार टोलिले बुधबार गौरीगू्ज १ होकलबाडी बाट एक सुत्केरी महिलाको उद्धार गरेको छ ।

- Advertisement -
Ad image

आमगाछी बिओपि का प्रहरी निरीक्षक सुशिल अधिकारी को नेतृत्वमा खटिएको सशस्त्र प्रहरी को बिपद व्यवस्थापन उद्धार सँयुक्त टोलिले होकलबाडीकी ३५ बरषिया सुत्केरी देश माया लिम्बुलाई उद्दार गरि अस्पताल पठाएको हो ।

वडाध्यकमष सहितको उद्धार टोलि

कन्काई मा आएको बाढिका कारण सम्पर्क विहिन वनेको होकलबाडी गाउँको अवस्था बुझ्न रवर बोटको सहारामा पुगेको नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी सहित सशस्त्र प्रहरी को उद्दार टोलिले ति महिलालाई सुरक्षित रुपमा मा उद्धार गरेको हो ।

सुत्केरी हुने समय भइसकेपनि सोमबार देखि को अबिरल वर्षाका कारण होकलबाडी गाउँलाई चारैतिर बाट कन्काई नदिको भगालोले घेरे पछी परिवार ले ति महिलालाई अस्पताल पठाउन सकिएको थिएन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्