सँबिधान दिबसको अबसरमा ३ जनालाई बिशेष सम्मान

पढ्न समय: 2 मिनेट

विराटनगर / प्रदेश १ मा चौथो संबिधान दिवस धुमधामका साथ मनाइएको छ । प्रदेश १ को राजधानीविराटनगरको शहिद रंगशालामा प्रदेश सरकारकोे आयोजनामा आज संबिधान दिवस धुमधाम र हर्षोल्लासका साथ मनाइएको हो

।दिवसका अवसरमा आयोजना गरेको औपचारिक कार्यक्रममा नेपाली सेना , नेपाल प्रहरी , शसस्त्र प्रहरी, विद्यालयका सगरमाथा टिन्स क्लव र एनसिसी क्लव , नेपाल स्काउटले मार्चपास गरेका थिए । नेपाली सेना , किराँत राई यायोक्खा , वाँतर–सरदार र नेवार समुदायले विभिन्न भेषभुषामा झाँकी प्रर्दशन गरेका थिए ।
तीनजनालाई विशेष सम्मान

- Advertisement -
Ad image

समारोहमा नेपाली राष्ट्रिय गानका सर्जनक व्याकुल माइला, विश्व चर्चित म्याराथुन धाविका मीरा राई , चौविसपटक सगरमाथा आरोण गर्ने पर्वातारोही कामीरिता शेर्पालाई जनही ५ लाख रुपैयाँ प्रदेश सरकारले सम्मान गरेको छ ।

समारोहमा मार्चपासमा र झाँकी प्रस्तुतीमा उत्कृष्ट समुहलाई पुरस्कृत गरिएको छ । मार्चपास तर्फ प्रथम हुने पोखरिया बालक्लबलाई ३० हजार, दोस्रो हुने सत्यनाराण मावि विराटनगरलाई २० हजार र नेपाल स्काउटलाई १० हजार रुपैयाँ सहित तृतिय पुरस्कार प्रदान गरिएको छ । सैनिक आवासिय विद्यालय र नेपाल पुलिस स्कूलले सानत्वना पुरस्कार पाए । झाँकीतर्फ प्रथम हुने किराँत राई यायोक्खा विराटनगरलाई ३० हजार, दोस्रो हुने बातर समाजलाई २० र तेस्रोहुने मुडियारी समाजलाई १० हजार नगद सहित पुरस्कृत गरिएको छ ।

विराटनगर नेवार समुदाय र राजबंशी समाज उत्थान समितिले सानत्वना पुरस्कार प्राप्त गरे । सहिद रंगशाला विराटनगरमा आयोजित समारोहमा प्रदेश १ का प्रदेशप्रमुख डाक्टर गोविन्दबहादुर तुम्बाहाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राई, उच्च अदालतका प्रमुख न्यायाधिश, उपसभामुख, प्रदेशका मन्त्रीहरु, संविधानसभाका पूर्व सदस्यहरु तथा प्रदेशसभा सांसदहरु, प्रतिपक्षी दलका नेता अन्य जनप्रतिनिधि, विशिष्ट सरकारी अधिकारी तथा आम समुदायको सहभागीता थियो । साथै हातमा राष्ट्रिय झण्डा बोकेका कर्मचारी , विद्यार्थी र सर्वसाधारण्हरुले भरिभराउ थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *