घट्यो खाना पकाउने ग्याँसको मुल्य

पढ्न समय: 1 मिनेट

३ असोज, काठमाडौ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । संविधान दिवसको अवसर पारेर सरकारले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरिएको हो ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ ।

- Advertisement -
Ad image

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *