वडा नँ ४ ले गर्यो तिहारको शुभकामना आदान प्रदान

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज‚ ८ कार्तिक । आज यम पञ्चकको पहिलो दिन गौरीगञ्ज गाउँपालिका वडा नँ ४ को कार्यालयले तिहार तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जयगुरु मन्दिरको प्राँगणमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा राजनैतिक दलका स्थानीय प्रतिनिधि सामाजिक अगुवा तथा निर्वाचित जनप्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

- Advertisement -
Ad image


वडाध्यक्ष कुलप्रसाद गिरीको सभापतितवमा सम्पन्न भएको शुभकामना आदान प्रदानमा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायत वडा नँ ३ का वडाध्यक्ष मखना महतो पुर्व गाबिस अध्यक्ष देवी प्रसाद राजवँशी लगायतको उपस्थिती थियो । वडा सचिब अजय साहले सहजिकरण गरेको कार्यक्रममा स्वागत मन्तब्य वडासदस्य राम वहादुर राजवँशीले राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *