महिला तथा बालबालिका शाखा प्रमुख कोइरालाको बिदाइ

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, ७ कार्तिक । गौरीगञ्ज गाउँपालिका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख शुष्मा कोइरालाको बुधबार औपचारिक बिदाई गरिएको छ । कर्मचारी समायोजन प्रकृया अन्तर्गत उनको बेलबारी नगरपालिकामा सरुवा भए पछी उनको बिदाइ गरिएको हो । २०७५ भदौ देखि उनि गौरीगञ्ज गाउँपालिका को महिला तथा बालबालिका शाखाको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनको कार्य कुशलताका कारण पछील्लो समय उनलाइ सहकारी शाखा समेत जिम्मेवारी दिइएको थियो ।

- Advertisement -
Ad image


पछिल्लो समय यिनकै पहलमा स्थानिय स्तरमै नयाँ अपाँगता परिचय पत्र बितरण भएको थियो भने जेष्ठ नागरिकहरुले सहज रुपमा जेष्ठ नागरिक परिचय पत्र पनि पाएका थिए ।मृदभाषी र मुस्कान सहितको सेवाका कारण यिन सहकर्मी तथा सेवाग्रेहीहरुका बिच निर्बिबादित छबि बनाउन सफल भएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *