देबकोटा माबि मा कक्षा ११ का बिद्यार्थीहरुको स्वागत

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज‚ ८ कार्तिक । गौरीगञ्ज ६ खजुरगाछी स्थित देबकोटा माध्यमिक बिद्यालयले आफ्ना बिद्यालयमा कक्षा ११ मा भर्ना हुन आएका नव आगन्तुक बिद्यार्थीहरुलाइ स्वागत गरेको छ ।
शुक्रबार बिद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कक्षा ११ मा भर्ना हुन आएका ३८ जना नब आगन्तुक बिद्यार्थीहरुको स्वागत गरिएको हो ।
तिहारको अबसर पारेर बिद्यालयका कक्षा १० सम्मका बिद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा बिभिन्न साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
कक्षा ९ का बिद्यार्थी अनुप राजवँशीको अध्यक्षतामा भएको कार्यक्रमलाइ कक्षा १० की छात्रा मोनिका ढकाल र दिया पराजुलीले सञ्चालन गरेका थिए ।

- Advertisement -
Ad image


गौरीगञ्ज क्षेत्रमा निजि स्तरबाट सञ्चालन भएको देबकोटा माबि नै पहिलो प्लस टु बिद्यालय हो । यसै बर्ष देखि प्लस टु सञ्चालनमा ल्याएको यस बिद्यालयमा कक्षा ११ मा हाल ब्यबस्थापन तर्फ १४ जना र शिक्षा शास्त्र सँकाय तर्फ २४ जना बिद्यार्थी रहेका छन् । कम्प्युटर म्यानेजमेन्ट बिषयलाइ मुख्य रुपमा लागु गरेको यस बिद्यालयमा दक्ष शिक्षकहरु द्वारा अध्यापन गराइ बिद्यार्थीहरुको सुनिश्चित भबिश्यमा बिद्यालयले बढी जोड दिइ रहेको कुरा बिद्यालयका निर्देशक केदारनाथ रिमालले बताए । कक्षा ११ का बिद्यार्थीहरुलाइ स्वागत मन्तब्य राख्दै उनले बिद्यालयमा शिक्षाको गुणस्तर कायम राख्न कुनै कसर बाकी नराख्ने कुरा बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *