गौरीगञ्ज । राप्रपाको देश ब्यापी आन्दोलनका दौरान बिहिबार मध्यान्ह गौरीगञ्ज गाउँपालिकाका कर्मचारी र केहि सेवा ग्राही कार्यालय भित्रै थुनिएका छन् । धर्ना बस्न आएका राप्रपाका कार्यकर्ताहरुले कार्यालयको मुख्य ढोका नै बन्द गरे पछी निमित्त कार्यालय प्रमुख बिरेन्द्र खड्का सहितका कर्मचारी र केहि सेवा ग्राही १५ मिनेट जति भित्रै थुनिन बाध्य भएका थिए ।
“आन्दोलन कारीहरुले कार्यालयको मुख्य ढोका थुने पछी मैले गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठलाइ फोन गरेको हुँ । केहि बेर पछी अध्यक्ष आए पछी ढोका खोलियो” — गौरीगञ्ज गाउँपालिकाका निमित्त कार्यालय प्रमुख बिरेन्द्र खड्का ले भने ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ राप्रपा बाटै निर्वाचित भएका हुन् ।
राप्रपाका कार्यकर्ताहरुले करिव एक घण्टा गाउँपालिकामा धर्ना दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्

