विराटनगर / मोरङको कटहरी गाउँपालिकाकी एक महिला सप्तकोसी नदीमा बेपत्ता भएकी छन् ।
कटहरी गाउँपालिका वडा नम्बर ४ चम्डाइचोककी ३४ वर्षीया सविता भण्डारी कोइराला नदीमा नुहाउने क्रममा बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुसार बुधबार बिहानै बराहक्षेत्रमा दर्शन गर्न भनेर घरबाट निस्किएकी थिइन् । दर्शन गर्नुभन्दा अगाडि नदीमा नुहाउन गएकी थिइन् उनी ।
उनले लगाएका लुगा, चप्पल र पूजाका सामग्री नदीको किनारमा भेटिएको सविताका नन्दज्वाइँ नवराज काफ्लेले जानकारी दिए । युवा अभियानकर्मीसमेत रहेका काफ्लेका अनुसार प्रहरी, स्थानीय र आफन्तले खोज्दा पनि हालसम्म सवितालाई फेला पारेका छैनन् ।
खबर पुर्वाञ्चल डटकमबाट
प्रतिक्रिया लेख्नुहोस्

