नारायणगढमा पनि निशुल्क खाना

पढ्न समय: 1 मिनेट


निरज अग्रवाल
चितवन माघ ५ । पुर्ब नेपालको झापा मोरँग र सुनसरोमा रु १० मा खाना खुवाउने ट्रेण्ड आए सँगै यो ट्रेण्ड पश्चिम तिर पनि फैलिन थालेको छ । केहि हप्ता यता चितवनो नारायणगढमा समेत निशुल्क खाना खुवाउन थालिएको छ ।
माडवारी युवा मञ्च नारायणगढले भण्डारा निशुल्क भोजन कार्यक्रमको नाम बाट हरेक शनिबार निशुल्क खाना खुवाउन थालेको हो । सुसान्त चाचन सुगन्ध चौधरी गुञ्जन केजरीवाल केभिन अग्रवाल हितेश महेश्वरी लगायतका युवाहरुले शुरु गरेको अभियान अन्तर्गत हरेक हप्ता को शनिबार निशुल्क खाना खुवाउने कार्यक्रम भएको र सबैको साथ सहयोग भए यसलाइ आगामी दिनमा निरन्तर अगाडी बढाउन प्रयास रहने कुरा उप समिती सदस्य गुञ्जन केजरीवालले बताए । हाल सम्म भण्डारामा हरेक हप्ता २ सय देखि ३ सय सम्मलाइ खाना खुवाउने गरिएको कुरा अभियन्ताहरुले बताएका छन् । अभियान हरेक शनिबार बेलुकी ४ बजेदेखि ७ बजेसम्म चल्ने गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *