जिल्ला प्रसाशन झापामा टोकन प्रणाली

पढ्न समय: 1 मिनेट

भद्रपुर । सेवा प्रवाह चुस्त बनाउन जिल्ला प्रशासन कार्यालय झापाले टोकन प्रणाली सेवा सञ्चालनमा ल्याएको छ ।

मेचीनगर नगरपालिका कार्यालयको तीन लाख आर्थिक सहयोगमा भद्रपुरस्थित प्रशासन कार्यालयको मूल ढोकामा जडान गरिएको टोकन प्रणाली मेशिनको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । मेचीनगर नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती र प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले मेशिनको स्विच थिचेर टोकन प्रणालीको उद्घाटन गरेका हुन् ।

- Advertisement -
Ad image

नेपाली नागरिकता बनाउन आएकी कचनकवल ७ की कञ्चन खरेलले टोकन प्रणालीबाट पहिलो पटक सेवा लिएकी भन्दै उनलाई मेचीनगर नगर प्रमुख आचार्य र उपप्रमुख उप्रेतीले खादा लगाएर सम्मान गरेका थिए । टोकन प्रणालीबाट नयाँ नागरिकता लिने, नागरिकता प्रतिलिपि लिने तथा राष्ट्रिय परिचयपत्रको फारम रुजु, राहदानी र स्थानीय प्रशासन तथा अन्य प्रशासनिक कार्यको सेवा लिन सकिनेछ ।

मेशिनमा उल्लिखित उक्त सेवाहरूमा औलाले स्विच थिचेपछि कुन कोठामा जाने, नम्बरसहितको टोकन प्राप्त हुन्छ । त्यही टोकन लिएर सजिलै सेवा कक्षमा गएर सेवा लिन सकिने प्रमुख जिल्ला अधिकारी मगरले जानकारी दिए ।

ईजलास डटकमबाट साभार

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *