बाल्यकालको सम्झना (कबिता)

पढ्न समय: 2 मिनेट

पुष्प आर जे

गौरादह जुरोपानी झापा

- Advertisement -
Ad image

आँखा खोल्दा पाए
तिमै काखमा हुर्किए
तिम्रो छातिमा
तिम्रो पेटानी समाति
मेरो बाल्यकाल बिताए,
नजिकैको खोलामा
कयौंपटक नाङ्गै
डुबुल्की लगाउँदै
साथीहरू संग मिली
नुहाउदा अाँखा पाक्छ भनी
अँजुली भरि पानि लिई छम्केको
हिजो जस्तो लाग्छ।

कहिले
बैसाखे पुर्णिामा मा रमाएँ
कहिले सिरुवा पर्वमा हराएँ
तिमीले पकाएको
तिमीले दिएको
होलिको अघिल्लो दिनको
पुवाले मेरो अात अझ अघाएको छैन
होलिमा अापसमा रंगहरु दल्दै रमाएको
हिजो जस्तो लाग्छ।

ढोक्सा र जाल बोकि तिमी संग
कहिले माछा
कहिले घुँगी मार्दै हिड्दा
गंगटाका दुलाहरुमा हात हालि
बाल्टिन भरि जम्म गरि
तिम्रा हातले बनाएर खुवाएको
हिजो जस्तो लाग्छ।

खालि चौरमा
गाईबस्तुको बथान संगै
गेउरिया खोलाको बगरमा
काँचो अाँप र नुन खुर्सानी संगै
खाएको अनि रमाएको
सूर्य अस्त संगै दुबै जना घर फर्केको
हिजो जस्तो लाग्छ।

हप्ता भरि पैसा भेला परि
कहिले स्कुल बाटै
कहिले घर बाटै
सिनेमा हल जान्थ्यौं,
भकुण्डो खेल्न
कहिले मोजा
कहिले भोगटे चोरि
खालि खुट्टा ले
पक्की भिट्ट
बैराति
ग्वाल्डुब्बा
फकेटिप
दुधालि
गैरिगंञ्ज
गौरादह
सारा चक्कर लगाउँदै फर्किएको
हिजो जस्तो लाग्छ।।

तिम्रो जात र मेरो जात फरक भएनि
तिम्रो भाषामा म रमाएँको थिए
आपसका भावनाहरु बुझ्दै
तिम्रो काँखमा रमाई
तिम्रो गुनको ऋण तिर्न
असक्षम भएता पनि
यहीँ जुरोपानी को बिसाल छातिमा बसेर
बाल्य काल बिताएको
हिजो जस्तो लाग्छ।।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *