गौरीगञ्ज । कोच आदिबासीहरुको बाहुलेयता भएको झापाको गौरीगञ्ज स्थित बगाहाचौधरी बजार र तेलकानी मा छुट्टाछुट्टै सिरुवाका भब्य कार्यक्रमहरु सम्पन्न भएका छन् ।
गौरीगञ्ज २ स्थित बगाहाचौधरी बजारमा क्षेत्र नँ ४का साँसद एलपी साँवा र प्रदेश साँसद झलक सिँह दर्लामीको प्रमुख र बिशिष्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दीपेनद्र थापा तथा वडाध्यक्षहरु कार्तिकलाल राजवँशी अघनु राजवँशी मखना महतो र कुल प्रसाद गिरी लगायतको उपस्थिती थियो ।
कोच आदिबासीहरुको सँस्कृती झल्कीने बिभिन्न साँस्कृतिक नृत्यहरु सहित भएको सो कार्यक्रममा वडा नँ २ का ८० जना जेष्ठ नागरिकहरुलाइ सम्मान स्वरुप छाता बितरण गरिएको थियो भने ५ जना दलित बिद्यार्थी छात्राहरुलाइ साइकल समेत बितरण गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै वडा सदस्य अरुण राजवँशीले लामो समय सम्म पनि बिस्नी खोलाको पुल बन्न नसकेकोमा क्षेत्र नँ ४ का साँसद एलपी साँवा र प्रदेश साँसद झलक सीँह दर्लामीको ध्यान अकृष्ट गराएका थिए भने साँसद द्वयले किस्नी खोलाको पुल चाँडो सम्पन्न गर्न हर तरहको प्रयास गर्ने बचन बद्धता गरेका थिए ।
वडा नँ ३ स्थित तेलकानीको महाराज थानमा भएको अर्को सिरुवा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा वडा नँ ३ का वडाध्यक्ष मखना महतो कार्यपालिका सदस्य सरिता शेर्पा वडा सदस्य हेमा आचार्य लगायतका अतिथीहरुको उपस्थिती थियो । बिभिन्न साँस्कृतिक नृत्यहरु सहित सम्पन्न कार्यक्रममा दुए जना जेष्ठ नागरिकहरु लाइ सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा राइझाली ताजपुरिया र कुबेर गिरी रहेका छन् । सम्मानित हुने जेष्ठ नागरिक द्वयलाइ कदर पत्र सहित उपाध्यक्ष दिपेन्द्र थापा र वडाध्यक्ष मखना महतोले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।






