फेरी ब्युँतियो माओबादी केन्द्र

पढ्न समय: 2 मिनेट

काठमाडौँ – नेकपा माओवादी केन्द्रको नाममा निर्वाचन आयोगमा दल दर्ता भएको छ।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र केपी ओली नेतृत्वको तत्कालीन एमाले एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी( ने क पा) बनेपछि गोपाल किराँती निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएका हुन्।

- Advertisement -
Ad image

आउँदो मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका पदहरुमा हुने लागेको उपचुनावका लागि गोपाल किँरातीले माओवादी केन्द्रकै नामबाट दल दर्ता गराएका हुन्। दल दर्ता गराएसँगै किरातीको पार्टीले तत्कालीन माओवादी केन्द्रकै चुनाव चिन्ह हसिया हथौडा पाएका छन्।

निर्वाचन आयोगले भदौ मसान्तसम्म उपचुनावमा भाग लिन चाहने एकीकरण भएका र नयाँ दललाई दर्ता हु्न आउन सूचना जारी गरेको थियो। आयोगले बिहीबार २१ वटा दललाई चुनाव चिन्ह प्रदान गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार एकीकरण भएर गएका दलको नाममा अर्को दल दर्ता गराउन र सम्बन्धित दलको चुनाव चिन्ह एक वर्षसम्म अरु दललाई दिन नपाइने भए पनि एक वर्ष पूरा भएकाले नेकपा माओवादी केन्द्रको नाममा अर्को दल दर्ता भएर चुनाव चिन्ह दिएको जानकारी दिए।

एमाले र माओवादीबीच एकता भएर ने क पा बनेको औपचारिकपत्र निर्वाचन आयोगले २०७५ जेठ २३ गते प्रमाणपत्र दिएको थियो। प्रचण्डले एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेसँगै किराँतीले असन्तुष्टि जनाउँदै आफूले माओवादी केन्द्र ब्युत्याएको घोषणा गरेका थिए। आयोगले नेकपालाई दाबीअनुसार तत्कालीन एमालेकै चिन्ह सूर्य दिएको छ।

यस्तै संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकीकरण भएको बनेको समाजवादी पार्टीले पाँच औलासहितको हत्केला चुनाव चिन्ह पाएको छ।

तीन तहको चु्नावमा कार्यगत एकता गरेका फोरम र नयाँ शक्तिले हातमा बोकेको मसल प्रयोग गरेका थिए।

यस्तै आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मागअनुसारको हलो दिएको छ। २०७४ सालमै दर्ता चुनाव निन्ह पाइसकेका नेपाली कांग्रेस र राजाप नेपालले भने उपचुनावका लागि दल दर्ता गराउन र पुनः चुनाव चिन्ह लिनु नपर्ने प्रमुख आयुक्त थपलियाले बताए।

देशसञ्चारडटकम बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *