फेरी थपिए १८ सँक्रमित : झापाका १ पुरुष पनि सँक्रमित

पढ्न समय: 1 मिनेट


५ जेठ गौरीगञ्ज । सोमबार थप १८ जनामा कोरोनस सँक्रमण पुष्टी भएकोछ । भरखरै राति १०: १५ बजे स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति जारी गर्दै सो कुरा पुष्टी गरेको हो । सँक्रमित मध्ये १ जना झापाको रहेको खुलेको छ । केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
भारतबाट साे गाउँपालिकामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
उनी गत जेठ २ गते नेपाल छिरेका हुन्। उनीलाई अहिले उनि बसेको झापाको कचनकवल स्थित क्वारेन्टाइनबाट विराटनगर स्थित कोरोना विषेश अस्पतालमा लगिँदैछ।यस अघि सँक्रमण नदेखिएको प्रदेश १ का सुनसरी र खोटाङ जिल्लामा समेत १-१ जनामा सँक्रमण पुष्टी भएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ।

- Advertisement -
Ad image

यसअघि आजै स्वास्थ्य मन्त्रालयले बिहान बिज्ञप्ती मार्फत र बेलुकी पत्रकार सम्मेलन मार्फत आज एकै दिन ६२ जनामा सँक्रमण देखिएको पुष्टी गरेका थिए । यो सँगै आज सँक्रमण पुष्टी हुनेको सँख्या ८० र नेपालमा अहिले सम्मको कुल सँक्रमित सँख्या ३७५ पुगेकोछ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *