पटका नपड्काउन जिल्ला प्रसाशन झापाको आग्रह

पढ्न समय: 2 मिनेट

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले नजिकिएको दिपावलीमा पटका नपड्काउन आम झापाबासीलाई आग्रह गरेकोछ । पटकमाबाट संभावित क्षति कम गर्न यस्तो आग्रह गरेको हो । पटकका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुग्नेभन्दै झापाबासीलाई नपड्काउन प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले अपील गरेका छन् ।

मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय झापाले चोटपटक लाग्ने भएकाले समेत पटक प्रयोग नगर्न भन्दै खरिद विक्री तथा ओसारपोसार समेत नगर्न जानकारी गराइएको छ । सूचनामा भनिएको छ, यदि यो सूचना अटेर गरेमा कानुन बमोजिम कारवाही गरिने छ । झापा प्रशासनले यो वर्षको दिपावलीमा कडाइ गरिने बताएको छ ।

- Advertisement -
Ad image

यस्तै, नेपाल सरकारले तिहारमा समाजमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रशारण नगर्न आग्रह गरेको छ ।
गृह मन्त्रालयले सूचना प्रकाशित गरी तिहारमा हुने देउसी भैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र अपील गरेको छ ।

साथै नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत बनाई समाजमा नकारात्मक असर पर्ने गीत, संगीत तथा श्रव्यदृश्य सामागी उत्पादन तथा प्रशासन नगर्न आग्रह गरेको छ । भुइँचम्पा, पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको विक्रिवितरण तथा प्रयोग नगर्न पनि अपील गरेको छ ।

यसो गरेमा कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको गृहले बताएको छ । मन्त्रालयले साथै यात्रामा सहजीकरण गर्न सुरक्षा निकायहरुबाट सहायता कक्ष राखिने र कुनै गुनासो भएमा सुरक्षा निकायलाई खबर गर्न पनि अपील गरेको छ ।

यो खबर ईजलास डटकमबाट साभार गरिएको हो

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *