गौरीगञज ६ कार्तिक । तिहार तथा छठ पर्वको उपलक्ष्यमा महतो समाज कल्याण परिषदले आयषोजना गरेको बृहत रक्तदान कार्यक्रममा ५० प्रिन्ट रगत सँकलन भएको छ । रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा परिषदले आयोजना गरेको रक्तदान कार्यक्रमको यो १२ औँ सँस्करण भएको कुरा महतो समाज कल्याण परिषदका अध्यक्ष मखना महतोले बताए । रक्तदानमा सुरक्षाकर्मी पेशाकर्मी तथा स्थानीय युवाहरुको ब्यापक सहभागिता रहेको थियो ।
रक्तादान पछी आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले बिभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा परिषदले महतो समाजका दुइ जना जेष्ठ नागरिकहरु रामजी महतो र सुन्दाइ देवी महतो सहित सञ्चारकर्मी सुदीप अधिकारीलाइ सम्मानपत्र सहित सम्मान गरेका थिए ।



गौरीगञ्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन भने जेषं७ नागरिक ग्वालचन महतो द्वारा गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका अनिल कृष्ण प्रसाइ नेकपाका बिद्यानन्द राजवँशी लगायतको उपस्थिती थियो ।

