दाहालको स्वागत र शाक्यको बिदाइ

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज २५ मँसिर । झापाको गौरीगञ्ज गाउँपालिका कार्यालयले कार्यालय सञ्चालनार्थ आएका नयाँ प्रमुख प्रसाशकीय अधिकृत प्रबिण दाहालको स्वागत र हालै सरुवा गएका प्रसाशकीय अधिकृत राजकुमार शाक्यलाइ बिदाइ गरेको छ ।
गाउँपालिकाको सभाहलमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि स्वागत र बिदाइ गरिएको हो । २०७४ साल चैत देखि हाल सम्म लगातार १९ महिना सम्म गौरीगञ्ज गाउँपालिकाको कार्यकारी अधिकृतका रुपमा लगातार सफल कार्यसम्पादन गरेका शाक्य सरुवा भएर भोजपुर जिल्ला समन्वयको कार्यालयमा पोस्टिङ भएका छन् भने गौरीगञ्ज गाउँपालिकामा प्रमुख प्रसाशकीय अधिकृतका रुपमा झापा भद्रपुर पृथ्वीनगरका प्रबिण दाहाल आएका छन् । ब्याबस्थापन बिषयमा स्नातकोत्तर गरेका दाहाल २०६८ साल ताका खरिदारका रुपमा निजामती सेवामा प्रवेश गरेका थिए । उनि गौरीगञ्ज आउनु अघि पाचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत थिए ।

- Advertisement -
Ad image


स्वागत तथा बिदाइ समारोहमा वडा सदस्यहरुका तर्फबाट वडा नँ ६ का वडा सदस्य उदिम राइ कार्यपालिका सदस्यका तर्फबाट राधा अधिकारी कर्मचारीका तर्फबाट शाखा अधिकृत नारायण चँदरा वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशी वडा नँ २ का वडाध्यक्ष अघनु राजवँशी वडा नँ ३ का वडाध्यक्ष मखना महतो वडा नँ ४ का वडाध्यक्ष कुल प्रसाद गिरी वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाइ र वडा नँ ६ का वडाध्यक्ष बद्रि नारायण यादव तथा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा र अध्यक्ष बाबुराजा श्रेष्ठले स्वागत तथा बिदाइ मन्तब्य राख्दै बिदाइ भएर जाने प्रसाशकीय अधिकृत शाक्यको कार्य सम्पादनको प्रशँशा गर्दै नव आगन्तुक अधिकृत दाहाललाइ सफल कार्यकालको शुभकामना समेत दिएका थिए । कार्यक्रम सञ्चालन शाखा अधिकृत बिरेन्द्र शाक्यले गरेका थिए भने कार्यक्रमका गाउँपालिकाका सम्पुर्ण जन निर्वाचित प्रतिनिधिहरु तथा सबै शाखाका कर्मचारीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *