लोकसेवा अतिथि सदनको चौथो साधारणसभा सम्पन्न

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज । २५ मँसिर । झापाको गौरीगञ्ज स्थित लोकसेवा सदनको चौथो साधारणसभा बुधबार सम्पन्न भएको छ । गौरीगञ्ज ६ स्थित लोकनाथ टि स्टेटको चौरमा सम्पन्न साधारण सभामा सँस्थाका सचिब कमल राजवँशीले आगामी बर्षको लागि रु ६ लाख ३२ हजारको अनुमानित आय ब्यय प्रस्तुत गरेका थिए । सँस्थाका तर्फबाट अध्यक्ष श्यामकृष्ण चौधरीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
वडा नँ ६ का वडाध्यक्ष बद्रि नारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा बोल्दै सँस्थाका सदस्य डोमनलाल राजवँशीले गौरीगञ्ज र आसपासका क्षेत्रहरुका अधिकाँश सँघ सँस्थाहरुमा चौधरी परिबारको योगदान रहेको र सोही चौधरी परिबारको पारिबारिक ट्रष्टका रुपमा रहेको लोकसेवा सदनलाइ धाराशायी पार्न केहि ब्यक्तीहरुले राजनैतिक चलखेल गरेका कुरा बताए ।
त्यसै गरि वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशी र वडा नँ ६ का वडाध्यक्ष बद्रि नारायण यादवले लोकसेवा सदनलाइ आ आफ्नो वडाका तर्फबाट सक्दो सहयोग रहने कुरा बताए ।
वडा नँ ६ का वडाध्यक्ष बद्रि नारायण यादवले लोकसेवा सदनको गौरीगञ्ज ३ स्थित करिब १५ कट्ठा जग्गामा गाउँपालिकाले रोक्का गरेको तर अदालतले लोकसेवा सदनको हकमा फैसला सुनाएकाले गाउँपालिकाका तर्फबाट लोकसेवा सदनलाइ कुनै अबरोध गर्न नहुने कुरा बताए ।
साधारणसभामा वडा नँ २ का वडाध्यक्ष अघनु प्रसाद राजवँशी र वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाइ लगायतको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *