गौरीगञ्ज २६ मँसिर । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ६ ले सडक बिस्तारका लागि सडक क्षेत्र भित्रका सँरचनाहरु हटाउन जारि गरेको अल्टिमेटमको मिती गुज्रेको २० दिन पछी बल्ल गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको परिबारिक स्वामित्वमा रहेको पसलको घर भत्काउन शुरु गरिएको छ । तथापी शहरी बिकासले चिन्ह लगाएको भाग सम्म घर नभत्काइएको जन गुनासो आउन थालेको छ ।
शहरी बिकाश तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय अन्तर्गत गौरीगञ्ज वडा नँ ३ र वडा नँ ६ का बजार क्षेत्रमा रु १४ करोडको लागतमा ढल सहितको कालोपत्रे सडक निर्माण हुन लागेको हो । सो परियोजना अन्तर्गत सडक बिस्तारका लागि वडा नँ ६ को कार्यालयले मँसिर २ गते एक सुचना जारि गर्दै ३ दिन भित्र अर्थात मँसिर ५ गते भित्र सडक क्षेत्र भित्रका घर टहराहरु हटाउन सुचना जारि गरेका थिए ।
सडक कालोपत्रे बन्ने भएपछी वडा कार्यालयले सुचना जारि गर्नु अगाबै ध्रुव प्रधानले आफ्नो २ तल्ले पक्काको घर भत्काएका थिए भने सोहि समय रुपक श्रेष्ठ बिजेन्द्र मण्डल पप्पु जोशी मोहित चौधरी मोहम्मद मोफिल लगायतले वडाले दिएको समय सिमा भित्रै आ आफ्नो घर टहराहरु भत्काएका थिए । अद्य्टिमेटम गुज्रेको लामो समय सम्म पनि गाउँपालिका प्रमुखकै पारिबारिक स्वामित्वमा रहेको घर नभत्काउदा बजारमा प्रमुख श्रेष्ठको आलोचना हुन थालेको थियो ।
वडाले दिएको म्याद भन्दा २० दिन ढिलो गरि भत्काउन थालिए पनि शहरी बिकासले चिन्ह लगाएको भाग सम्म घर किन नभत्काइएको हो भन्ने जिज्ञासामा श्रेष्ठका भाइ सानुराजा श्रेष्ठले शहरी बिकासले लगाएको चिन्ह १२ मिटरको माप दण्डमा रहेर्को तर सडक पछी ९ मिटर मात्र फराकिलो पार्ने भए पछी सोहि अनुसार आफुले घर भत्काएको कुरा बताए । ५२ सालको अध्याबधिक नक्सामै सडक उत्तर सरेको उनको भनाइ छ ।
तर वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादवले सहरी बिकासले चिन्ह लगाएकै भाग सम्म सडक क्षेत्र रहेकाले सो चिन्ह सम्मै घर भत्काउनु पर्ने कुरा बताए । गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठले घर भत्काउने काम नसकिएको र अहिलेः भत्काएको भन्दा अझ दक्षिण सम्म भत्काइने कुरा बताए ।
वडा कार्यालयको अल्टिमेटम गुज्रेको २० दिन पछी बल्ल भत्काउन थालियो गापा प्रमुखको पारिवारिक स्वामित्वमा रहेको घर
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

