ठेकीटोलमा बन्ने भयो डेढ करोडको सामुदायिक भवन

पढ्न समय: 1 मिनेट

ठेकीटोल । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ स्थित ठेकीटोल चोकमा शुक्रबार साँझ सामुदायिक भवनको शिलान्यास गरिएको छ । ठेकीटोल चोकको शिबालय मन्दिर अगाडी रहेको करिब २ कट्ठा जग्गामा सो भवनको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको हातबाट शिलान्यास गरिएको हो ।
गत बर्ष सो स्थानमा आयोजित सप्ताह महापुरानबाट सँकलित रकम र अन्य श्रोतबाट रकम सँकलन गरि सो स्थानमा सामुदायिक भवन बनाइने कुरा भवन निर्माण समितीका अध्यक्ष केदार ढुँगेलले बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले भवन दुइ तल्ले बन्ने र तल्लो तल्लामा ब्यापारीक बजार र माथिल्ली तलामा सामुदायिक भवन राखिने कुरा बताएका छन् । अबको चार बर्ष भित्र बनाइ सक्ने लक्ष्य रहेको सो भवनको अनुमानित लागत १ करोड ४० लाख रहेको कुरा उनले बताए ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा वडाध्यक्ष मखना महतो लगायत स्थानियहरुको उपस्थिती रहेको थियो भने बैदिक कार्यहरु गुरु निलमणी नेपालले सम्पन्न गराएका थिए ।
साँझको चार बजे साइत जुराएर गरिएको शिलान्यासमा गापा अध्यक्ष श्रेष्ठ उपाधयक्ष थापा र वडाध्यक्ष महतोले भवन निर्माणमा गाउँपालिकाका तर्फबाट हर प्रकारको सहयोग रहने ज्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *