कोरोबारीमा मनाइयो नारी दिवस

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ २ कोरोबारीमा भब्य रुपमा १ सय नवौ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । कोरोबारी साना किसान सहकारी र मकालु महिला बहुउद्देश्यीय सहकारीको सँयुक्त आयोजना तथा महिला तथा बालबालिका शाखा गौरीगञ्‍ज गाउँपालिकाको सहयोगमा एक कार्यक्रमको आयोजना गरि नारी दिबस मनाइएको हो ।
कार्यक्रमका अधिकाँश बक्ताहरुले देशको निती निर्माणका हरेक क्षेत्रमा महिलाहरुको समान प्रतिनिधित्व हुनु पर्ने कुरा बताएका थिए ।
गाउपालिका उपाध्यक्ष दिपेन्द्र थापाले सफा पानीका लागि धारा सफा गरेर मात्र नपुग्ने बरु मुहान सफा गरे सफा पानी आउ सक्ने कुराको उदाहरण दिदै स्थानीय तहका जनप्रतिनिधिको पहलले मात्र हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चित नहुने बरु केन्द्र स्तरमा दबाब दिए सो कुरा सँभव हुन सक्ने कुरा बताए ।
गापा अध्यक्ष बाबुरावा श्रेष्ठले लक्षित बर्ग अन्तर्गत गौरीगञ्ज गाउँपालिकाले सबै भन्दा बढि महिलाकै लागि बजेट बिनियोजन गरेको र गाउँपालिका भित्रका महिलाहरुको उत्थानका लागि गाउँपालिका हर सँभव प्रयास गरि रहेको कुरा बताएका थिए ।
महिला अगुवा माया कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुरावा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा वडाध्यक्ष अघनु राजवँशी महिला हिन्सा नियन्त्रण समितीकी अध्यक्ष रञ्जु बस्नेत वडा सदस्य अरुण राजवँशी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *