यतिबेला विश्वभर यदि कुनै एप सर्वाधिक लोकप्रिय छ भने त्यो हो टिकटक । यो विश्वभर आफनो देशको गीत संगीतका प्रचार प्रसार गर्ने राम्रो माध्यम बनिरहेको छ भने यसले धेरैलाई सेलिब्रेटी नै बनाईदिएको छ । आफनो कला प्रस्तुत गर्ने राम्रो माध्यम बनिरहेको टिकटकको लोकप्रियता नेपालमा पनि उस्तै छ । जहाँ कतिपय प्रयोगकर्ताहरु सेलिब्रेटी नै बनेका छन् । तीमध्य पर्ने नाम हो जुम्याहा दिदीबहिनी प्रिस्मा र प्रिन्सी खतिवडा ।
यी दिदी बहिनीको सुन्दरता र भिडियोलाई लाईक गर्ने धेरै हुनुहुन्छ होला त्यसो भए तपाईका लागि यी दुईले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । माया जिन्दावाद बोलको गीतमा यी दिदीबहिनीले चर्चित सञ्चारकर्मी शिशिर भण्डारीसंग अभिनय गरेका हुन् । गीतमा शिशिर भण्डारी र बिन्दु परियारको आवाज रहेको छ भने दिपक सिलवालको संगित र शिशिरकै शब्द रहेको छ ।
सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशनमा बनेको उक्त भिडियोमा अर्का जुम्याहाहरु दिपा दिमन्ता श्रेष्ठ र शरह र बसन्त पनि गेस्ट अपिरियन्सको रुपमा देखिएका छन् । जस्ले भिडियो हेर्नलाई थप रोचकता दिन्छ । हेरौँ टिकटकबाट हिट बनेका यी जुम्याहा दिदीबहिनीहरु यो भिडियोबाट भने कत्तिको हिट हुन्छन् ।

