झापामा गैर नेपालीलाई नागरिकता दिने एक वडाध्यक्ष सहितलाई पक्राउ पुर्जी

पढ्न समय: 1 मिनेट

बिर्तामोड । गैरनेपालीलाई कागजात किर्ते गरेर नागरिकता दिएको आरोप लागेका बिर्तामोड नगरपालिका वडा नं.–८ का वडाध्यक्ष अध्यक्ष अजय कार्की सहित सो कार्यमा संलग्नलाई पक्राउ गर्न पक्राउ पुजी जारी भएको छ । नगरले कार्कीको ठाउँमा वडासदस्य दिपक भट्टराईलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

- Advertisement -
Ad image

सोहि घटनामा संलग्नहरु बिर्तामोड–५ का टेक बहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन खरिदार तेजिन्द्र न्यौपाने, भद्रपुर १० का प्रेम तिम्सिना, भद्रपुर –१० का भीम बहादुर लिम्बू र बिर्तामोड–८ का तत्कालिन वडा सचिव लोकराज बराल पक्राउ परिसकेका छन् । बाँकी फरार रहेका छन् ।

झापा प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुङगेल, चुडाराज भट्टराई,टोली प्रमुख नारायण काफ्ले, चिरञ्जिवी अधिकारी, भद्रपुर–९ का अध्यक्ष शनिलाल राजवंशी, वडा सचिव अरुणा भट्टराई, जिल्ला प्रशासनका तत्कालिन नायव सुब्बा मेगराज निरौला र बाहुनडाँगी, शरणामतीका तत्कालिन गाविस सञ्चालक समिति अध्यक्ष भवकृष्ण न्यौपानेलाई पक्राउका लागि पुर्जी जारी गरिसकेको छ । उनीहरुले सरकारी छाप र दस्तखत किर्ते गरेर १६ गैर नेपालीलाई नागरिकता दिएको अनुसन्धानबाट खुलेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरोले हेरेको यस घटनामा जनप्रतिनिधि, सरकारी कर्मचारी र दलाल संलग्न भएको पाइएको छ । प्रहरीका अनुसार हालसम्मको अनुसन्धानमा ५२ जना दोषी देखिएका छन् । त्यसमध्ये १६ जना नागरिकता बनाउनेहरु छन् ।

ईजलास डटकमबाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *